संविधान सभाको चाँडो चुनावको लागि युद्धस्तरमा नागरिकता वितरणको आवश्यकता

प्रा. डा. विद्या वीर सिंह कंसाकार

कुनै पनि पूर्वाधारको व्यापक र वैज्ञानिक तवरले व्यवस्था नगरि महत्वपूर्ण कार्यहरुको थालनि गर्नु भनेको विवाद र विसंगती तथा असफलतालाई निम्त्याउनु वाहेक अरु केहि हुन सक्दैन । यसको ज्वलन्त उदाहरण हतरपतरमा वनाईएको २०४७ सालको संविधान र आम निर्वाचन हो भन्नुमा कुनै अत्युक्ति नहोला । यसै सर्न्दर्भर्मा हाल विभिन्न राजनैतिक दलहरु, जनजाती समुदायहरु, सामाजिक र मानव अधिकार संघ सस्था र जनताहरुमा व्यापक रुपमा चलिरहेको लहरहरुः संविधान सभाको चुनावको मिति चाँडै तोक्नु पर्यो र चुनाव चाँडै हुनु पर्यो र आउदो ज्येठ महिना भित्रमा हुने भन्ने सात राजनैतिक पार्टी र माओवादीको विच भएको सम्झौता कतिको उचित छ गहन विचार गर्नु पर्ने ठूलो प्रश्नको रुपमा देखा परेको छ । (more…)