संविधान सभाको चाँडो चुनावको लागि युद्धस्तरमा नागरिकता वितरणको आवश्यकता

प्रा. डा. विद्या वीर सिंह कंसाकार

कुनै पनि पूर्वाधारको व्यापक र वैज्ञानिक तवरले व्यवस्था नगरि महत्वपूर्ण कार्यहरुको थालनि गर्नु भनेको विवाद र विसंगती तथा असफलतालाई निम्त्याउनु वाहेक अरु केहि हुन सक्दैन । यसको ज्वलन्त उदाहरण हतरपतरमा वनाईएको २०४७ सालको संविधान र आम निर्वाचन हो भन्नुमा कुनै अत्युक्ति नहोला । यसै सर्न्दर्भर्मा हाल विभिन्न राजनैतिक दलहरु, जनजाती समुदायहरु, सामाजिक र मानव अधिकार संघ सस्था र जनताहरुमा व्यापक रुपमा चलिरहेको लहरहरुः संविधान सभाको चुनावको मिति चाँडै तोक्नु पर्यो र चुनाव चाँडै हुनु पर्यो र आउदो ज्येठ महिना भित्रमा हुने भन्ने सात राजनैतिक पार्टी र माओवादीको विच भएको सम्झौता कतिको उचित छ गहन विचार गर्नु पर्ने ठूलो प्रश्नको रुपमा देखा परेको छ । हालको विद्यमान परिस्थितीको विचार गर्ने हो भने ६ र ७ महिना भित्र चुनाव गर्न न्यूनतम आधारभूत आवश्यकता पनि जुटाउन सम्भव छैन । प्रथमत निर्वाचन आयोगका पदाधिकारीहरुको मनोनयन धेरै समयको विवाद पछि हालैमात्रृ सम्भव भएको छ र उनीहरुलाई वस्तुस्थिति बुझ्न समय लिने मात्र होईन निर्वाचनहरुको स्वरुप के हुने हो र विभिन्न तहका प्रतिनिधिहरु कुन कुन जिल्लामा कति कति हुने भन्ने कुराको निक्र्यौल गर्न बाकिनै छ । दोश्रो मतदाताहरुको तथ्यांक संकलन र मतदाता परिचय पत्रको वितरण । संविधान सभाको चुनावको मतदानमा विदेशमा रहेका नेपालीहरुले पनि भागलिन पाउनु पर्छ भनेकोले विदेशमा वसेका नेपाली मतदाताहरुको पनि तथ्यांक लिनु पर्ने हुन्छ र तिनीहरु वसेका देशहरुको कुन कुन स्थानहरुमा मतदान केन्द्रहरु राख्ने आदी कुराहरुको व्यवस्था गर्नु पर्ने हुन्छ । नेपाल सदभावना पार्टिले तर्राईमा ४० लाख भन्दा बढी नागरिकता नपाएका नेपालीहरुलाई नागरिकता वितरण नगरेसम्म संविधान सभाको निर्वाचन गर्न दिदैन भनेवाट नागरिकता वितरणलाई पहिलो प्राथमिकता दिनु पर्ने हुनआउँछ । नागरिकताको समस्या राष्ट्रको गहन विषय भए पनि पञ्चायत काल देखिनै यस महत्वपर्ूण्ा विषयमा ध्यान पुर्याइएन र यस विषयलाई चुनावमा भोट लिने आधार वनाई ठाटीमा राखेर पुर्खौ देखि वसोवास गर्दै आएका जग्गाविहिन मुसहर, डोम, चमार, दुसाध, तत्मा, कमैया आदि जातीहरुलाई मतदाता सूचीमा समावेश गरि मतदाता वनार्इर्र्का थिए र २०४७ सालमा प्रजातन्त्र पुनर्स्थापना पछिको विभिन्न चुनावहरुमा पनि नागरिकताको प्रलोभन देखाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएको हाल सम्म यथावट छ । धेरै जग्गा जमिन भएका जिमिदार, उद्योगपति, व्यापारी, राजनैतिक नेताहरु तथा अन्य व्यक्तिहरुले आफ्नो जग्गा जमिनमा यी भूमिहीनहरुवाट खेती गर्राई आफ्नो स्वार्थ पूर्ति गर्दै आएको हुनाले यिनीहरुलाई नागरिकता उपलब्ध गराएको खण्डमा मोहियानी खोज्न सक्ने भएकोले यिनीहरुलाई नागरिकता दिने कुनै चासो लिएन । साथै प्रभावशाली स्थानिय नेताहरुले भारतवाट नेपालको तर्राई क्षेत्रमा रहेका उद्योगहरु तथा चिया वगानमा काम गर्ने मजदुरहरुलाई पनि मतदाता सूचीमा दर्ता गरी आफ्नो सुरक्षित भोट बैंकको रुपमा प्रयोग गर्दै आएको छ । सत्ताधारी राजनैतिक पार्टी भ्रष्ट र घूसखोरी नेता तथा कार्यकर्ताहरु र कर्मचारीको मिलेमत्तोमा विदेशीहरुलाई नागरिकता उपलब्ध गर्राईएको कुराले व्यापकता नपाएको पनि होईन । विदेशमा जन्मेका नेपालीमूलका मुख्यतया पहाडीमूलका भारतीयहरुको लागि पहाडी अनुहार र नेपाली भाषा बोल्ने भएकोले नेपाली नागरिकता पाउन गार्हो भएन । यसरी वर्मावाट आएका र भारतका कुमाउ, गढवाल, दार्जलिङ्ग, सिक्किम र पूर्वोत्तर राज्यहरुवाट आएका नेपालीमूलका भारतीयहरुले सजिलैसंग नागरिकता पाए । त्यतिमात्र होईन यसैगरिकन धेरैनै भुटानी सरणार्थिहरुले नेपाली नाग।किता पाएको कुरा चर्चामा आएको सवैलाई विदितै छ । धेरै पुस्तादेखि तर्राईमा जन्मेका र वसोवास गर्दै आएका नेपालीहरुको अनुहार पहाडवासीसंग नमिल्नु र राम्ररी नेपाली भाषा नजान्नुको कारण भारतीयको शंका गरी नेपाली नागरिकतावाट वञ्चित गरिनु ज्यादै दुःखदायी, भेदभावपूर्ण र अशोभनीय कार्य भन्नुमा अत्युक्ति नहोला । नेपाली नागरिकता नपाएका अधिकांश तर्राईवासीहरुमा घर जग्गाविहिन मुसहर, डोम, चमार, तत्मा, कमैया आदि छन् । यिनीहरुलाई राजनैतिक पार्टीले आफ्नो मतपत्रको रुपमा प्रयोग गर्दै आएको छ जसको मतपत्र जस्तै अरुवेला कुनै काम लाग्दैन । मतदाता सूचीमा नाम समावेश भएको आधारमा नागरिकता नपाउने र नागरिकताविना आफ्नो सन्तानले नागरिकता नपाउने साथै आफू र आफ्नो सन्तानले घर जग्गा किन्न नपाउने, जागिर खान नपाउने, स्कूल कलेजमा भर्ति हुन नपाउने र राहधानी -पासपोर्ट) पनि नपाउने भयो । पासपोर्ट नभएवाट वैदेशिक रोजगारमा जान पाएन । दलितमा पनि तल्लो जातका भएकाृ हुनाले जातपातको भेदभाव व्यापक भएका सीमावर्ति भारतीय राज्यहरुमा पनि कामको लागि जान सकेन । फलस्वरुप जातिपातीको भेदभाव नभएका तर राजनैतिक र अलगाववादि हिंसक घटना भएका काश्मीर र पूर्वोत्तर राज्यहरुमा वाध्य भएर काम गर्न जाँदा अतिवादीहरुवाट ती नेपाली समाजमा तल्लो जात मानिएका नेपाली कामदारहरुको हत्या भएको र्सवविदितै छ ।
नागरिकता सम्वन्धि विभिन्न आयोगहरु गठन गरिए र हचुवाको आधारमा यति नेपालीहरुले नागरिकता पाएको छैन भनि विभिन्न आयोग जस्तै धनपति आयोगको जस्तै प्रतिवेदन पेश गर्नु वाहेक कुनै काम भएको छैन । त्यस्तैनै नेपाल सदभावना पार्टिले पनि हचुवाको आधारमा तराइैमा ४० लाख भन्दा वढी नेपाली जनताले नागरिकता पाएको छैन भन्दै आएको छ । कुन कुन जिल्लामा, कुन कुन नगरपालिका र गा.वि.स.को वडाहरुमा कति जनाले नागरिकता पाएको छैन भन्ने तथ्ष्यंंाकको संकलन गर्ने काम कसैवाट पनि भएको पाईन्दैन साथै नागरिकता दिलाउनको लागि कुनै आन्दोलन र दवाव संसद र सडकमा गर्ने गरेको पाईएको छैन । नागरिकता नपाएका नेपालीहरुलाई नागरिकता वितरण गर्न कति समय लाग्ने हो त्यसको लेखाजोखा भएको छैन । नागरिकता वितरण गर्ने भएपछि मतदाता परिचय पत्रको आवश्यकता रंहन्छ कि रहन्दैन विचारनीय विषय र ध्यान दिनु पर्ने विषयको रुपमा देखा परेकोछ । नागरिकता १६ वर्षो उमेर पुगेपछि दिईन्छ र पाईन्छ, तर मतदाता सूचीमा समावेश र मतदाता परिचय पत्र १८वर्ष पुगे पछि मात्र प्राप्त हुन्छ । मतदाता परिचय पत्र निर्वाचन आयोगका पदाधिकारीद्वारा गा.वि.स. वा वडामा फोटो खिचेर निशुल्क उपलब्ध गर्राईन्छ । नागरिकताको लागि जिल्ला कार्यालयमा निवेदन दिएर शुल्क दिएर मात्र प्राप्त गर्न सकिन्छ । अतिनै गरिब, पिछडिएका र अशिक्षित तर्राई र अन्य भागका नेपालीहरु जसले दिनदिनै काम गरेर खानु पर्नेले फाराम भरि नागरिकताको लागि दिनदिनै धाृउन र पैसा खर्चगर्नर् सक्ने सम्भावना निक्कैनै कम देखिन्छ किन भने नागरिकताको लागि लामो फारम भर्नु र फोटो दिनु पर्छ । नागरिकता लिन अरुले जस्तो घूस खुवाउन पनि सक्दैन । यस समस्यालाई कसरी निराकरण गर्ने हो सोच्नु पनि अति आवश्यक छ ।यदि नागरिकता दिने हो भने मतदाता परिचयपत्रको वितरणको आवश्यकता पर्दैन । मतदाता परिचय पत्र र नागरिकता प्रमाणपत्र वितरणको दोहोरो झन्झट र खर्चको भार घटाउन नागरिकताको प्रमाणपत्र मात्र दिएर सुल्झाउन सकिन्छ । १६ वर्षा नागरिकता पाउने भएपनि नागरिकतामा उल्लेखित उमेरको आधारमा १८ वर्षपुगेको खण्डमा मात्र निर्वाचनमा भागलिन पाउने गर्नृ सकिन्छ ।

हाल विद्यमान निर्वाचन क्षेत्रको निर्धारण जिल्लाहरुको कूल जनसंख्याको आधारमा गरिएको थियो । २०४७ सालको संविधानको निर्माणको दौरान मतदाता संख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको लागि पंञ्चायत कालको तथ्यांकलाई आधार मान्न खोज्दा तीन सालको ज्ल्िलाहरुको मतदाता संख्या भिदाउनु परेको थियो किन भने राष्ट्रि्य पंञ्चायतको चुनाव सवै जिल्लाहरुमा एकै पल्ट नहुने र विभिन्न सालमा तीन चरणमा सम्पन्न हुने भएकोले तीन सालको जिल्लाहरुको तथ्यांक भिडाउनु परेको थियो । तर धेरै जसो जिल्लाहरुमा पछिल्लो भन्दा अघिल्लो वर्षो मतदाता संख्या घटनगएकोले कुन सालको मतदाताको तथ्यांकलाई आधार मान्ने हो भन्ने विवादहुंदा मलाई पनि विषेशज्ञको रुपमा बोलाईएको हुंदा समस्याको निराकरणको लागि तत्काल मतदाताको तथ्यांक संकलन गर्न धेरै समय लाग्ने र चाँडैनै संसदको लागि आम निर्वाचन गर्नु पर्ने भएकोलेे मैले आधिकारिक रुपमा मान्यता पाईसकेको २०३८ सालको जनगणनाको तथ्यांकलाई अहिलेको लागि आधार मान्नु उपयुक्त हुन्छ र अर्को पल्टको संसदको निर्वाचनको लागि नयाँ मतदाता तथ्यांक संकलन गर्ने सुझाव अनुसार २०३८ सालको जनगणनाको तथ्यांकलाई आधार मानेर ७५ जिल्लामा २०५ निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो । तर पहिलो आम निर्वाचन पछि देखि हाल सम्म पनि मतदाता संख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुनै प्रयास भएको छैन । हालको निर्वाचन क्षेत्र निर्वाचनको सिद्धान्त अनुसार न्यायोचित र वैज्ञानिक छैन किन भने आन्तरिक -स्वदेशीहरु) र वाहृय -विदेशीहरु) वर्साई सर्राईले गर्दा ठूला व्यापारिक र औद्योगिक शहरहरु भएका काठमाडौं उपत्यका, मोरंङ्ग, झापा, धनुषा, वारा, पर्सर्ााचितवन, कास्की, रुपन्देही, बाँके वर्दिया, कैलाली र क्न्चनपुर जस्ता जिल्लाहरुमा मतदाताको संख्यामा नभईकन जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको बृद्धि भएको पाइन्छ । २०५८ सालको जनगणनामा १२ जिल्लाहरुमा केहि गा.वि.स. र वडाहरुमा द्वन्दको कारण जनगणना भएन । ती जिल्लाहरु झापा, सिराहा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, डोल्पा, जुम्ला, कालीकोट, मुगु, सल्यान, सर्ुर्खेत र वाजुरा थिए र ती जिल्लाहरुमा जनगणनामा कूल जनसंख्याको वास्तविक संख्या घटन गयो । यसको फलस्वरुप २०५८ मा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र विभाजन गर्दा वाध्य भएर झापा जिल्लामा विभिन्न गा. वि.स. मा जनगणना नभएवाट जनसंख्या थोरै बृद्धि भएकोले स्वत एउटा निर्वाचन क्षेत्र घटनगई पहिलेको ६ को सट्टा ५ मात्र निर्वाचन क्षेत्र हुन गयो । हालको अवस्थामा निर्वाचन क्षेत्र कुन आधारमा तय गर्ने हो विचार पुर्याउनु पर्ने हुन्छ । सवैले मानेका र मान्नु पर्ने वास्तविकता मतदाता संख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनु पर्छ । यस दृष्टिकोणले हालको जनसंख्याको आधारमा निर्धारण गरिएको निर्वाचन क्षेत्र वालिग मताधिकारको सिद्धान्त अनुसार मतदाता संख्यासंग मेल खादैन । तलको उदाहरणले यसलाई स्पष्ट गर्छ ।
हाल विद्यमान निर्वाचन क्षेत्रको निर्धारण जिल्लाहरुको कूल जनसंख्याको आधारमा गरिएको थियो । २०४७ सालको संविधानको निर्माणको दौरान मतदाता संख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको लागि पंञ्चायत कालको तथ्यांकलाई आधार मान्न खोज्दा तीन सालको ज्ल्िलाहरुको मतदाता संख्या भिदाउनु परेको थियो किन भने राष्ट्रि्य पंञ्चायतको चुनाव सवै जिल्लाहरुमा एकै पल्ट नहुने र विभिन्न सालमा तीन चरणमा सम्पन्न हुने भएकोले तीन सालको जिल्लाहरुको तथ्यांक भिडाउनु परेको थियो । तर धेरै जसो जिल्लाहरुमा पछिल्लो भन्दा अघिल्लो वर्षो मतदाता संख्या घटनगएकोले कुन सालको मतदाताको तथ्यांकलाई आधार मान्ने हो भन्ने विवादहुंदा मलाई पनि विषेशज्ञको रुपमा बोलाईएको हुंदा समस्याको निराकरणको लागि तत्काल मतदाताको तथ्यांक संकलन गर्न धेरै समय लाग्ने र चाँडैनै संसदको लागि आम निर्वाचन गर्नु पर्ने भएकोलेे मैले आधिकारिक रुपमा मान्यता पाईसकेको २०३८ सालको जनगणनाको तथ्यांकलाई अहिलेको लागि आधार मान्नु उपयुक्त हुन्छ र अर्को पल्टको संसदको निर्वाचनको लागि नयाँ मतदाता तथ्यांक संकलन गर्ने सुझाव अनुसार २०३८ सालको जनगणनाको तथ्यांकलाई आधार मानेर ७५ जिल्लामा २०५ निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो । तर पहिलो आम निर्वाचन पछि देखि हाल सम्म पनि मतदाता संख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुनै प्रयास भएको छैन । हालको निर्वाचन क्षेत्र निर्वाचनको सिद्धान्त अनुसार न्यायोचित र वैज्ञानिक छैन किन भने आन्तरिक -स्वदेशीहरु) र वाहृय -विदेशीहरु) वर्साई सर्राईले गर्दा ठूला व्यापारिक र औद्योगिक शहरहरु भएका काठमाडौं उपत्यका, मोरंङ्ग, झापा, धनुषा, वारा, पर्सर्ााचितवन, कास्की, रुपन्देही, बाँके वर्दिया, कैलाली र क्न्चनपुर जस्ता जिल्लाहरुमा मतदाताको संख्यामा नभईकन जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको बृद्धि भएको पाइन्छ । २०५८ सालको जनगणनामा १२ जिल्लाहरुमा केहि गा.वि.स. र वडाहरुमा द्वन्दको कारण जनगणना भएन । ती जिल्लाहरु झापा, सिराहा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, डोल्पा, जुम्ला, कालीकोट, मुगु, सल्यान, सर्ुर्खेत र वाजुरा थिए र ती जिल्लाहरुमा जनगणनामा कूल जनसंख्याको वास्तविक संख्या घटन गयो । यसको फलस्वरुप २०५८ मा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र विभाजन गर्दा वाध्य भएर झापा जिल्लामा विभिन्न गा. वि.स. मा जनगणना नभएवाट जनसंख्या थोरै बृद्धि भएकोले स्वत एउटा निर्वाचन क्षेत्र घटनगई पहिलेको ६ को सट्टा ५ मात्र निर्वाचन क्षेत्र हुन गयो । हालको अवस्थामा निर्वाचन क्षेत्र कुन आधारमा तय गर्ने हो विचार पुर्याउनु पर्ने हुन्छ । सवैले मानेका र मान्नु पर्ने वास्तविकता मतदाता संख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनु पर्छ । यस दृष्टिकोणले हालको जनसंख्याको आधारमा निर्धारण गरिएको निर्वाचन क्षेत्र वालिग मताधिकारको सिद्धान्त अनुसार मतदाता संख्यासंग मेल खादैन । तलको उदाहरणले यसलाई स्पष्ट गर्छ ।

केहि जिल्लाहरुको जनसंख्या र मतदाता संख्या
जिल्ला जनसंख्या -२०५८को जनगणना अनुसार) मतदाता संख्या - निर्वाचन आयोग) -२०६२. ११ १६) निर्वाचन क्षेत्र संख्या
काठमाडौं १,०८१,८४५ ५११,५६४ ७
मोरङ्ग ८४३,२२० ५५३,५७४ ७
झापा ६८८,१०९ ५३५,५०१ ५
सुनसरी ६२५,६३३ ३९८,५३० ५
सप्तरी ५७०,२८२ ३७५,३७८ ५
सिराहा ५७२,३९९ ३९२,२७० ५
र्सलाही ६३५,७०१ ४१९,६४२ ५
धनुषा ६७१-३६४ ३९६,६२५ ५
रुपन्देही ७०८,४१९ ४१७,३९७ ५
कैलाली ६१६,६९७ ३८५,७०३ ५
श्रोतः जनगणना २०५८ -केन्द्रिय तथ्यांक विभाग) र मतदाता संख्या २०६२ -निर्वाचन आयोग)

निर्वाचन आयोगको विवरण अनुसार नेपालको हालको कूल २०५ निर्वाचन क्षेत्रहरु मध्ये ४३ जिल्लाहरको १०७ ,निर्वाचन क्षेत्रहरुमा मात्र मतदाता परिचय पत्र वितरण गरिएको थियो र ३२ वटा जिल्लाहरुमा मतदाता परिचय पत्र वितरण भएको छैन । मतदाता परिचयपत्र वितरण भएका जिल्लाहरको सवै निर्वाचन क्षेत्रहरुमा मतदाता परिचयपत्र वितरण भएको छैन। यसरी कूल ९८ वटा निर्वाचन क्षेत्रहरुमा मतदाता परिचयपत्र वितरण भएको छैन । गत दर्ुइ वर्षदेखि मतदाता परिचय पत्र वितरण गर्ने काम थप्प भएको छ र तर्राईको करिब ६० प्रतिशत मतदाताहरुले मतदाता परिचय पत्र पाएको छैन भन्ने निर्वाचन आयोगको भनाई छ । यतिको ठूलो जमातको तथ्यांक लिनु र तिनीहरुलाई मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र दिनु कति समय लाग्ने हो ज्यादैने गहन र विचारनीय समस्याको रुपमा देखा परेको छ । यदि २०६४ साल ज्येठमा संविधानसभाको चुनाव गर्ने हो भने २०६२।११।१६को मतदाता सूची काम लाग्दैन र नविकरण गरि २०६३ चैत्र मसान्त सम्ममा १८ वर्षपुगेका वालिग मतदाताहरुको नयाँ सूची तयार गर्नु जरुरी हुन्छ । नागरिकताको प्रमाणपत्र वितरणगरेर समय, श्रोत, साधन र पैसाको वचत गर्न सक्नेकुरा निर्विवाद दैखिन्छ । तर चुनावमा भागलिने मतदाताहरु दर्ुइ थरि हुन ज्ाान्छ । एक थरिको मतदाता परिचय र अर्कोको नागरिकतामात्र हुने भयो । सवैलाई नागरिकता दिएर निर्वाचनको समस्याको साथै व्यक्तिको विभिन्न समस्याहरुको निराकरण हुनेछ । तर नागरिकता नपाएकाहरुलाई नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्र दुवै दिने भयो भने पहिले मतदाता परिचय पत्र पाईसकेकाले पनि नागरिकता प्रमाणपत्रको माग गर्न सक्छ । तर्सथ दुवै थरिका सवैलाई नागरिकता प्रमाणपत्र दिएर समस्याको निराकरण गर्नु उपयुक्त र बुद्धिमानी हुने छ । नागरिकता दिने विषयमा व्यापक वादविवाद चलिरहेकोमा सवैको मुख्य चिन्ता विदेशीले नेपाली नागरिकता नपाओस भन्ने हो । २०४६ साल अगाडि जन्मेकाहरुलाई नागरिकता दिने प्रावधानलाई लिएर व्यापक विरोध र विवाद सृजना भएको छ । स्थानीय सात राजनैतिक पार्टिहरु र माओवादीका कार्यमर्ताहरु तथा स्थानिय व्यक्तिहरुको रोहवरमा सरजमिन गरी वशजको आधारमा नेपालीलाई नागरिकता दिनेमा कुनै विवाद हुदैन होला तर विदेशीको सवन्धमा २०४६ साल अगाडि जन्मेको हो कि होइन कसरि पत्तालगाउने हो विचारगर्नु पर्ने हुन्छ । अर्को कुरा नेपालमा जन्मेका विदेशीको आमाबाबु नेपालमा वसोवास गरेको तर विदेशी नागरिकतानै अंगिकार गरेृको छ भने के तिनका सन्तानलार्इं नेपाली नागरिकता दिनु उपयुक्त होला रु परिवारले गलत तरिकाले दोहोरो नागरिगताको आधारमा आप\mनो फाईदाको लागि दुरुपयोग गर्नै व्यापक सम्भावना हुन्छ । नागरिकता दिने विषयमा गहन विचार पुर्याउनु पर्ने देखिन्छ । तर सम्पर्ूण्ा नेपालीलाई नागरिकता दिने काम संविधान सभाको चुनाव अगाडि सम्पन्नगरि लामो अवधिको यस समस्याको निराकरण गर्नु अतिनै आवश्यक छ र भईसकेको छ ।
गत आम निर्वाचनको दाँजोमा अहिले मतदाताको संख्या निक्कैनै वृद्धि भई सकेको छ र तदअनुसार मतदान केन्द्रको संख्या पनि स्वतः वढाउनु पर्ने हुन्छ । द्वन्दको कारण धेरैजसो गा.वि.स. भवन र वडा भवनहरु नष्ट भएको हुंदा ती भवनहरुको निमार्ण्र्ााा अन्य वैकल्पिक मतदान केन्द्रहरुको व्यवस्था गर्नु पनि अति आवश्यक भएको छ । शिक्षक संगठनहरुले विद्यालयहरुमा मतदान केन्द्र राख्न नदिने भनेकाले पनि अन्य उपयुक्त स्थानहरुको खोजी र व्यवस्था गर्नु पर्ने हुन्छ ।
माथि उल्लेखित समस्याहरुको निराकरण र पर्ूवाधारहरको यथोचित व्यवस्था नगरिकन संविधान सभाको निर्वाचन गर्नु भयंकर भूल र क्षति हुनेमा कुनै शंका छैन । तर्सथ निर्वाचन आयोगका पदाधिकारी र कर्मचारी, गृह मन्त्रालयका पदाधिकारी र कर्मचारी तथा अन्य सम्वन्धित निकायका पदाधिकारी र कर्मचारीहरु संग व्यापक सरसल्लाह र छलफल गरि क्रमवद्ध र समय तालिका अनुसार माथि उल्लेखित र अन्य सम्भावित समस्याहरुके निराकरण र पर्ूवाधारहरुको कार्यान्वयन गर्न लाग्ने समयलाई राम्ररी विचार पुर्याई संविधान सभाको चुनावको मिति तोक्नु अतिनै आवश्यक र बुद्धिमानी निर्ण्र्ााहुनेमा कुनै शंका छैन । विदैशमा वसेका नेपाली नागरिकहरुलाई पनि कसरी संविधानसभाको चुनावमा सहभागी वनाउने हो चाँडो विचार पुर्याई व्यवस्था गर्नु पनि अति जरुरी भएको छ । यदि युद्धस्तरमा नागरिकताको वितरण कार्यको थालनीको साथै माथि उल्लेखित समस्याहरु र पर्ूवाधारहरुको चाँडो व्यवस्था नगरेको खण्डमा कुनै पनि हालतमा संविधान सभाको निर्वाचन २०६४ साल ज्येठमा हुन सक्ने देखिेन्दैेन ।
मतदाताहरुले प्रतिनिधि सभाको सांसद, गा.वि.स.तथा नगरपलिकाका अध्यक्ष, मेयर तथा सदश्यहरुको निर्वाचन गर्ने भएकोले निर्वाचन क्षेत्रको निर्धारण मतदाता संख्याको आधारमा हुनु अति आवश्यक र अन्तराष्ट्रि्य प्रचलन र सिद्धान्त पनि हो यसमा कुने विवाद छैन । निर्वाचन क्षेत्रको निर्धारणमा जिल्लाको भौगोलिक वनावट र क्षेत्रफललाई पनि ध्यान दिनु अति आवश्यक छ किन भने भूक्षेत्रको विकाुस विना त्यसमा वसेका जनताको विकास असम्भव छ । तसथै निर्वाचन क्षेत्रको निर्धारढामा मतदाता संख्या र जिल्लाको क्षेत्रफललाई ध्यानदिनु अति आवश्यक हुनेमा दर्ुइमत हंुदैन ।

नेपालको भौगोलिक क्षेत्र र जिल्लाहरुको क्षेत्रफल, जनसंख्या, मतदाता संख्या र निर्वाचन क्षेत्र संख्या

भ्ाौगोलिक क्षेत्र र जिल्लाहरु क्षेत्रफल वर्ग कि. मि. प्रतिशत जनसंख्या प्रतिशत मतदाता प्रतिशत निर्वाचन क्षेत्र संख्या प्रतिशत
नेपाली १४७१८१ १०० २२७३६९३४ १०० १५१२७००८ १०० २०५ १००
हिमाली क्षेत्र ५१८१७ ३५.२१ १५०५०३२ ६.६२ ११७८७३८ ७.७९ २२ १०.७७
१. ताप्लेजुङ ३६४६ २.४८ १३४६९८ ०.५९ ९८४९१ ०.६५ २ ०.९८
२. संखुवासभा ३४८० २.३६ १५९२०३ ०.७० ११५६०८ ०.७६ २ ०.९८
३. सालुखुम्बु ३३१२ २.२५ १०७६८६ ०.४७ ७४२८१ ०.४९ १ ०.४९
४. दोलखा* २१९१ १.४९ १७५९१२ ०.७७ १४८९१९ ०.९८ २ ०.९८
५. सिन्धुपाल्चोक* २५४२ १.७३ २९३७१९ १.२९ २२७०४० १.५० ३ १.४६
६. रसुवा १५४४ १.०५ ४४७३१ ०.२० २९१०१ ०.१९ १ ०.४९
७. मनाङ २२४६ १.५३ ९५८७ ०.०४ ७०५१ ०.०५ १ ०.४९
८. मुस्ताङ ३५७३ २.४३ १४९८१ ०.०७ ११५०६ ०.०८ १ ०.४९
९. डोल्पा* ७८८९ ५.३६ २२०७१ ०.१० १९६४२ ०.१३ १ ०.४९
१०. मुगु* ३५३५ २.४० ३१४६५ ०.१४ ३०८०६ ०.२० १ ०.४९
११. जुम्ला* २५३१ १.७२ ६९२२६ ०.३० ५५४९१ ०.३७ १ ०.४९
१२. कालिकोट* १७४१ १.१८ १५५१० ०.०५ ६६९१४ ०.४४ १ ०.४९
१३. हुम्ला ५६५५ ३.८४ ४०५९५ ०.१८ २७९०२ ०.१८ १ ०.४९
१४. बाजुरा * २१८८ १.४९ १००६२६ ०.४४ ७३१२१ ०.४८ १ ०.४९
१५. बझाङ ३४२२ २.३३ १६७०२६ ०.७३ ११५३०९ ०.७६ २ ०.९८
१६. दार्चला २३२२ १.५८ १२१९९६ ०.५४ ७७५५६ ०.५१ १ ०.४९
पहाडी क्षेत्र ६१३४५ ४१.६८ १००७७०३५ ४४.३२ ६८७६९२८ ४५.४६ ९५ ४६.३४
१. पाँचथर १२४१ ०.८४ २०२०५६ ०.८९ १३७५९३ ०.९१ २ ०.९८
२. इलाम १७०३ १.१६ २८२८०६ १.२४ १७६६७३ १.१७ ३ १.४६
३. तेर्हथुम
६७९ ०.४६ ११३१११ ०.५० ८१६९२ ०.५४ १ ०.४९
४. धनकुटा ८९१ ०.६१ १६६४७९ ०.७३ १०९८१२ ०.७३ २ ०.९८
५. भोजपुर १५०७ १.०२ २०३०१८ ०.८९ १५७०८८ १.०४ २ ०.९८
६. खोटाङ १५९१ १.०८ २३१३८५ १.०२ १६४१०५ १.०८ २ ०.९८
७. ओखलढुंगा १०७४ ०.७३ १५६७०२ ०.६९ ११९१०८ ०.७९ २ ०.९८
८. उदयपुर २०६३ १.४० २८७६८९ १.२७ १८७९५४ १.२४ ३ १.४६
९. रामेछाप १५४६ १.०५ २१२४०८ ०.९३ १५६६८९ १.०४ २ ०.९८
१०. सिंधुली * २४९१ १.६९ २७७२५९ १.२२ १७५७९२ १.१६ ३ १.४६
११. काभ्रेपलान्चोक १३९६ ०.९५ ३८५६७२ १.७० २८५७४६ १.८९ ३ १.४६
१२. भक्तपुर ११९ ०.०८ २२५४६१ ०.९९ १४१५०७ ०.९४ २ ०.९८
१३. काठमाडौं ३९५ ०.२७ १०८१८४५ ४.७६ ५११५६४ ३.३८ ७ ३.४१
१४. ललितपुर ३८५ ०.२६ ३३७७८५ १.४९ २०९७१० १.३९ ३ १.४६
१५.नुवाकोट ११२१ ०.७६ २८८४७८ १.२७ २१४९७७ १.४२ ३ १.४६
१६. धादिङ १९२६ १.३१ ३३८६५८ १.४९ २४४०२६ १.६१ ३ १.४६
१७. मकवानपुर २४२६ १.६५ ३९२६०४ १.७३ २४६४६९ १.६३ ३ १.४६
१८. गोरखा ३६१० २.४५ २८८१३४ १.२७ २१३७७६ १.४१ ३ १.४६
१९. लमजुङ १६९२ १.१५ १७७१४९ ०.७८ १३७५७६ ०.९१ २ ०.९८
२०. तनहु“ १५४६ १.०५ ३१५२३७ १.३९ २१९३३२ १.४५ ३ १.४६
२१. कास्की २०१७ १.३७ ३८०५२७ १.६७ २६२५४२ १.७४ ३ १.४६
२२. स्याङजा ११६४ ०.७९ ३१७३२० १.४० २६७५४४ १.७७ ३ १.४६
२३. पाल्पा १३७३ ०.९३ २६८५५८ १.१८ १८९३९१ १.२५ २ ०.९८
२४. गुल्मी ११४९ ०.७८ २९६६५४ १.३० २३२५२४ १.५४ ३ १.४६
२५. अर्घर्ाा“ची ११९३ ०.८१ २०८३९१ ०.९२ १५७१३२ १.०४ २ ०.९८
२६. म्याग्दी २२९७ १.५६ ११४४४७ ०.५० ७८४५४ ०.५१ १ ०.४९
२७. बागलुङ १७८४ १.२१ २६८९३७ १.१८ २०५८९२ १.३६ ३ १.४६
२८. पर्वत ४९४ ०.३४ १५७८२६ ०.६९ १३२०९८ ०.८७ २ ०.९८
२९. प्युठान १३०९ ०.८९ २१२४८४ ०.९३ १४०९८८ ०.९३ २ ०.९८
३०. रुकुम २८७७ १.९५ १८८४३८ ०.८३ १०८१८२ ०.७२ २ ०.९८
३१. रोल्पा १८७९ १.२८ २१०००४ ०.९२ १३०९१८ ०.८७ २ ०.९८
३२. सल्यान* १४६२ ०.९९ ६०६४३ ०.२७ १२९५२४ ०.८६ २ ०.९८
३३. जाजरकोट २२३० १.५२ १३४८६८ ०.५९ ८३४०४ ०.५५ २ ०.९८
३४. सर्ुर्खेत* २४५१ १.६७ २६९८७० १.१९ १७२९६९ १.१४ ३ १.४६
३५. दैलेख १५०२ १.०२ २२५२०१ ०.९९ १४९३१६ ०.९९ २ ०.९८
३६. अछाम १६८० १.१४ २३१२८५ १.०२ १७६६१९ १.१७ २ ०.९८
३७. डोटी २०२५ १.३८ २०७०६६ ०.९१ १३५४१० ०.९० २ ०.९८
३८. बैतडी १५१९ १.०३ २३४४१८ १.०३ १४९२१८ ०.९९ २ ०.९८
३९. डडेलधुरा १५३८ १.०४ १२६१६२ ०.५५ ८५६१४ ०.५७ १ ०.४९
तर्राई ेक्षेत्र ३४०१९ २३.११ १११५४८६७ ४९.०६ ७०७१३४२ ४६.७५ ८८ ४२.९३
१. झापा* १६०६ १.०९ ६३३०४२ २.७८ ५३५५०१ ३.५४ ५ २.४४
२. मोरङ १८५५ १.२६ ८४३२२० ३.७१ ५५३५७४ ३.६६ ७ ३.४१
३. सुनसरी १२५७ ०.८५ ६२५६३३ २.७५ ३९८५३० २.६२ ५ २.४४
४. सप्तरी १३६३ ०.९३ ५७०२८२ २.५१ ३७५३७८ २.४८ ५ २.४४
५. सिराहा* ११८८ ०.८१ ५६९८८० २.५१ ३९२२७० २.५९ ५ २.४४
६. धनुषा ११८० ०.८० ६७१३६४ २.९५ ३९६६२५ २.६२ ५ २.४४
७. महोत्तरी १००२ ०.६८ ५५३४८१ २.४३ ३४४५८४ २.२८ ४ १.९५
८. र्सलाही १२५९ ०.८६ ६३५७०१ २.८० ४१९६४२ २.७७ ५ २.४४
९. रौटहट ११२६ ०.७७ ५४५१३२ २.४० ३३१४१७ २.१९ ४ १.९५
१०. बारा ११९० ०.८१ ५५९१३५ २.४६ ३४५५२२ २.२८ ४ १.९४
११. पर्सर्ाा १३५३ ०.९२ ४९७२१९ २.१९ ३०९५३५ २.०५ ४ १.९५
१२. चितवन २२१८ १.५१ ४७२०४८ २.०८ ३१२३६४ २.०६ ४ १.९५
१३. नवलपरासी २१६२ १.४७ ५६२८७० २.४८ ३२०२२९ २.३१ ४ १.९५
१४. रुपन्देही १३६० ०.९२ ७०८४१९ ३.१२ ४१७३९७ २.७६ ५ २.४४
१५. कपिलवस्तु १७३८ १.१८ ४८१९७६ २.१२ २९९२५३ १.९८ ४ १.९५
१६. दाङ २९५५ २.०१ ४६२३८० २.०३ २७८४०८ १.८४ ४ १.९५
१७. बा“के २३३७ १.५९ ३८५८४० १.७० २००६१४ १.३३ ३ १.४६
१८. बर्दिया २०२५ १.३८ ३८२६४९ १.६८ २१०१४० १.३९ ३ १.४६
१९. कैलाली ३२३५ २.२० ६१६६९७ २.७१ ३८५७०३ २.५५ ५ २.४४
२०. कञ्चनपुर* १६१० १.०९ ३७७८९९ १.६६ २१५६५६ १.४३ ३ १.४६

* माओवादी जनगुद्धको कारण गाविस र वडाहरुमा जनगणना नभएकोले अधुरो जनसंख्याको तथ्यांक भएका जिल्लाहरु
क्षेत्रफल र जनसंख्याको श्रोत केन्द्रिय तथ्यांक विभागको सन २००१ को जनगणना
मतदाता संख्याको श्रोत निर्वाचन आयोग -२०६१ साल चैत्र मसान्त भित्र १८ वर्षपूरा भएका)

NESOCA wants to add two more columns to to Prof. Dr. Kansakar’s arduous work.

Regions & Districts Population % Voters % Constituencies % Voter : Population Ration Legislator : Voter Ratio
NEPAL 22736934 100 15127008 100 205 100 1.50 73790.28
Mountain Region 1505032 6.62 1178738 7.79 22 10.77 1.28 53579.00
1. Taplejung 134698 0.59 98491 0.65 2 0.98 1.37 49245.50
2. Sankhuwasabha 159203 0.7 115608 0.76 2 0.98 1.38 57804.00
3. Solukhumbu 107686 0.47 74281 0.49 1 0.49 1.45 74281.00
4. Dolakha* 175912 0.77 148919 0.98 2 0.98 1.18 74459.50
5. Sindhupalchok* 293719 1.29 227040 1.5 3 1.46 1.29 75680.00
6. Rasuwa 44731 0.2 29101 0.19 1 0.49 1.54 29101.00
7. Manang 9587 0.04 7051 0.05 1 0.49 1.36 7051.00
8. Mustang 14981 0.07 11506 0.08 1 0.49 1.30 11506.00
9. Dolpa* 22071 0.1 19642 0.13 1 0.49 1.12 19642.00
10. Mugu* 31465 0.14 30806 0.2 1 0.49 1.02 30806.00
11. Jumla* 69226 0.3 55491 0.37 1 0.49 1.25 55491.00
12. Kalikot* 11510 0.05 66914 0.44 1 0.49 0.17 66914.00
13. Humla 40595 0.18 27902 0.18 1 0.49 1.45 27902.00
14..Bajura* 100626 0.44 73121 0.48 1 0.49 1.38 73121.00
15. Bajhang 167026 0.73 115309 0.76 2 0.98 1.45 57654.50
16. Darchula 121996 0.54 77556 0.51 1 0.49 1.57 77556.00

Hill Region 10077035 44.32 6876928 45.46 95 46.34 1.47 72388.72
1. Panchthar 202056 0.89 137593 0.91 2 0.98 1.47 68796.50
2. Ilam 282806 1.24 176673 1.17 3 1.46 1.60 58891.00
3. Terhathum 113111 0.5 81692 0.54 1 0.49 1.38 81692.00
4. Dhankut 166479 0.73 109812 0.73 2 0.98 1.52 54906.00
5. Bhojpur 203018 0.89 157088 1.04 2 0.98 1.29 78544.00
6. Khotang 231385 1.02 164105 1.08 2 0.98 1.41 82052.50
7. Okhaldhunga 156702 0.69 119108 0.79 2 0.98 1.32 59554.00
8. Udayapur 287689 1.27 187954 1.24 3 1.46 1.53 62651.33
9. Ramechhap 212408 0.93 156689 1.04 2 0.98 1.36 78344.50
10. Sindhuli* 277259 1.22 175792 1.16 3 1.46 1.58 58597.33
11. Kabhrepalanchok 385672 1.7 285746 1.89 3 1.46 1.35 95248.67
12.. Bhaktapur 225461 0.99 141507 0.94 2 0.98 1.59 70753.50
13. Kathmandu 1081845 4.76 511564 3.38 7 3.41 2.11 73080.57
14. Lalitpur 337785 1.49 209710 1.39 3 1.46 1.61 69903.33
15. Nuwakot 288478 1.27 214977 1.42 3 1.46 1.34 71659.00
16. Dhading 338658 1.49 244026 1.61 3 1.46 1.39 81342.00
17. Makawanpur 392604 1.73 246469 1.63 3 1.46 1.59 82156.33
18. Gorakha 288134 1.27 213776 1.41 3 1.46 1.35 71258.67
19. Lamjung 177149 0.78 137576 0.91 2 0.98 1.29 68788.00
20. Tanahu 315237 1.39 219332 1.45 3 1.46 1.44 73110.67
21. Kaski 380527 1.67 262542 1.74 3 1.46 1.45 87514.00
22. Syangja 317320 1.4 267544 1.77 3 1.46 1.19 89181.33
23. Palpa 268558 1.18 189391 1.25 2 0.98 1.42 94695.50
24. Gulmi 296654 1.3 232524 1.54 3 1.46 1.28 77508.00
25. Arghakhanchi 208391 0.92 157132 1.04 2 0.98 1.33 78566.00
26. Myagdi 114447 0.5 76454 0.51 1 0.49 1.50 76454.00
27. Baglung 268937 1.18 205892 1.36 3 1.46 1.31 68630.67
28. Parbat 157826 0.69 132098 0.87 2 0.98 1.19 66049.00
29. Pyuthan 212484 0.93 140988 0.93 2 0.98 1.51 70494.00
30. Rukum 188438 0.83 108182 0.72 2 0.98 1.74 54091.00
31. Rolpa 210004 0.92 130918 0.87 2 0.98 1.60 65459.00
32. Salyan* 60643 0.27 129524 0.86 2 0.98 0.47 64762.00
33. Jajarkot 134868 0.59 83404 0.55 2 0.98 1.62 41702.00
34. Surkhet* 269870 1.19 172969 1.14 3 1.46 1.56 57656.33
35. Dailekh 225201 0.99 149316 0.99 2 0.98 1.51 74658.00
36. Achham 231285 1.02 176619 1.17 2 0.98 1.31 88309.50
37. Doti 207066 0.91 135410 0.9 2 0.98 1.53 67705.00
38. Baitadi 234418 1.03 149218 0.99 2 0.98 1.57 74609.00
39. Dadeldhura 126162 0.55 85614 0.57 1 0.49 1.47 85614.00

TARAI REGION 11154867 49.06 7071342 46.75 88 42.93 1.58 80356.16
1. Jhapa* 633042 2.78 535501 3.54 5 2.44 1.18 107100.20
2. Morang 843220 3.71 553574 3.66 7 3.41 1.52 79082.00
3. Sunsari 625633 2.75 398530 2.63 5 2.44 1.57 79706.00
4. Saptari 570282 2.51 375378 2.48 5 2.44 1.52 75075.60
5. Siraha* 569880 2.51 392270 2.59 5 2.44 1.45 78454.00
6. Dhanusha 671364 2.95 396625 2.62 5 2.44 1.69 79325.00
7. Mahottari 553481 2.43 344584 2.28 4 1.95 1.61 86146.00
8. Sarlahi 635701 2.8 419642 2.77 5 2.44 1.51 83928.40
9. Rautahat 545132 2.4 331417 2.19 4 1.95 1.64 82854.25
10. Bara 559135 2.46 345522 2.28 4 1.95 1.62 86380.50
11. Parsa 497219 2.19 309535 2.05 4 1.95 1.61 77383.75
12.. Chitawan 472048 2.08 312364 2.06 4 1.95 1.51 78091.00
13. Nawalparasi 562870 2.48 349229 2.31 4 1.95 1.61 87307.25
14. Rupandehi 708419 3.12 417397 2.76 5 2.44 1.70 83479.40
15. Kapilbastu 481976 2.12 299253 1.98 4 1.95 1.61 74813.25
16. Dang 462380 2.03 278408 1.84 4 1.95 1.66 69602.00
17. Banke 385840 1.7 200614 1.33 3 1.46 1.92 66871.33
89 Bardiya 382649 1.68 210140 1.39 3 1.46 1.82 70046.67
19. Kailali 616697 2.71 385703 2.55 5 2.44 1.60 77140.60
20. Kanchanpur* 377899 1.66 215656 1.43 3 1.46 1.75 71885.33