वक्तव्य
प्यारा मधेशी दाजुभाई तथा दिदीबहिनीहरु,
हिजो प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नु भएको सम्बोधनबाट के सिद्ध भएको छ भने सदियौंदेखि अन्याय, अत्याचार, अपमान, शोषण, दमन, उत्पीडन र विभेदको शिकार हुँदै आउनु भएका तपाईं मधेशी दाजुभाई दिदीबहिनीहरुले न्याय, समानता, स्वाभिमान, स्वशासनका लागि तपाईहरुले गर्नु भएको अत्यन्त बहादुरीपूर्ण एवं बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनको अगाडि शासक वर्ग र जाति झुक्न वाध्य भएको छ । सबभन्दा पहिले तपाईंहरु जस्तै विभेदका शिकार एवं अपमानित भई जिउन वाध्य सम्पूर्ण नेवारहरुको तर्फबाट, मेरो संस्था नेवाः ऐक्यवद्धता अभियानको तर्फबाट र मेरो आफ्नै तर्फबाट आन्दोलनको दौरान शहादत हुनु भएका सम्पूर्ण मधेशी दाजुभाई दिदीबहिनीहरुमा अत्यन्त सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइते आन्दोनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शहादत प्राप्त गर्नु भएका सबैलाई शहीद घोषणा गर्न, उहाँहरुको परिवारजनलाई तत्काल सम्मानजनक क्षतिपूर्ति प्रदान गर्न, आश्रतिहरुलाई यथायोग्य रोजगारीको व्यवस्था गर्न, घाइतेहरुको स्तरीय उपचार एवं यथेष्ट क्षतिपूर्ति तथा अपांग भएकाहरुलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्न नेपाल सरकारसंग यसै वक्त्व्य मार्फत जोडदार माग गर्दछु । (more…)
