प्रकृतिप्रेमी समूह
निरोगधाम
सातदोबाटो, चक्रपथ, ललितपुर
फोन ः- ५५४१९९१
Email: nirogsootra@hotmail.com

पृष्ठभूमि

देशभर लाखौंलाख जनता राजाको निरंकुशताको विरोधमा सडकमा निस्केर भर्खरै हाम्रो मुलुकमा जनआन्दोलन सफलतापर्ूवक सम्पन्न भएको छ । नेकपा -माओवादी) ले १० वर्षेखि सशस्त्र संर्घष्ा गर्दै आएको थियो र ५ दल र ७ दलले २०५९ असोज १८ को राजाको प्रतिगामी कदमपछि राजाको विरोधमा संर्घष्ा गर्दै आएको थियो । तर अहिले आएर मात्र राजाको निरंकुशता विरोधी आन्दोलन सफल हुन सक्यो । अहिले आएर मात्र आन्दोलन सफल हुनाको कारण के हो भन्ने कुरामा स्पष्ट हुने काम भएमा मात्र अब अगाडिको कामलाई ठीक ढंगले अगाडि बढाउन सकिने हुन्छ अन्यथा राजालाई भित्तामा पुर्याउन सफल भएको यो आन्दोलनले फेरि पनि अवरोधको सामना गर्नुपर्ने हुन्छ । आन्दोलन यही बेलामा आएर सफल हुनाको कारणबारे स्पष्ट हुन एकै छिन विगतका केहि घटनालाई सम्झौं । (more…)